मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सहिद शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

शनिबार, १० माघ २०८२, १४ : ५९
शनिबार, १० माघ २०८२

काठमाडौँ ।  सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गरेकाे स्थान टेकुमा स्मृतिसभा आयोजना गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले सहिद शास्त्रीको प्रतीमामा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यस अवसरमा कावा प्रमुख डङ्गोलले सहिद शास्त्रीको योगदानको चर्चा गरेकी थिइन् । “बोल्नै नपाइने त्यो समयको सङ्घर्षले स्वतन्त्र भएर बोल्ने व्यवस्था दियो, हामी सहिदहरुप्रति आभारी छौँ”, सभामा वडा नं १२ का सदस्य पुष्परत्न प्रजापतिले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप