प्रधानमन्त्रीका भावी उम्मेदवारबिच सार्वजनिक बहसका लागि ओली तयार
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहसका लागि आफू तयार रहेको बताए।
- ओलीले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच संवाद र सार्वजनिक बहस आवश्यक रहेको बताएका हुन्।
- आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूले प्रधानमन्त्रीका रूपमा आ-आफ्ना उम्मेदवार अघि सारेका छन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उम्मेदवारहरूबिच सार्वजनिक बहसका लागि आफू 'बिल्कुल' तयार रहेको बताएका छन् ।
च्यासलमा कार्यकर्तामाझ घेरिएर हिँड्दै गरेको अवस्थामा शनिबार पत्रकारहरूसँगको कुराकानीमा ओलीले यस्तो बहसको आवश्यकता औँल्याएका हुन् ।
पत्रकारले भावी प्रधानमन्त्रीका उम्मेदवारबिच सार्वजनिक बहसका लागि तयार हुनुहुन्छ भनी प्रश्न गर्दा ओलीले भने, ‘वास्तवमा प्रधानमन्त्रीका क्यान्डिडेट हुँ भन्नेहरूका बिचमा संवाद कार्यक्रम राख्नु र त्यो एउटा पब्लिक डिबेट ओपन लाइभ त्यस्तो डिबेट गर्नु आवश्यक छ ।’ उनले किन प्रधानमन्त्री हुनुपर्ने, के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने आदि कुराहरू छलफल हुनुपर्नेमा जोड दिए ।
पत्रकारले पुनः ‘त्यसो भए तयार हुनुहुन्छ ?’ भनेर सोध्दा ओलीले दृढतापूर्वक ‘बिल्कुल’ भन्ने उत्तर दिए ।
आगामी निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूले प्रधानमन्त्रीका रूपमा आ–आफ्ना उम्मेदवार अघि सारेका छन् । नेकपा एमालेले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयर तथा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।
नेपाली कांग्रेसले भने भर्खरै भएको विधान महाधिवेशनबाट सभापति बनेका गगन थापालाई प्रधानमन्त्रीका रूपमा उभ्याएको छ ।
यी तीनजनामध्ये ओली र बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् भने गगन थापाले यस पटक सर्लाही क्षेत्र नम्बर ४ रोजेका छन् ।
निर्वाचनअगाडि ठुला दलहरूले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवारहरूबिच यसखाले सार्वजनिक बहस हुनु नेपालका सन्दर्भमा नौलो हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण