सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

साँगामा यसरी निर्माण हुँदैछ १ हजार ११० मिटर लामो अन्डरपास, तस्बिरमा हेर्नुहोस्

आइतबार, ११ माघ २०८२, १० : ३५
आइतबार, ११ माघ २०८२

काठमाडौँ । भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ।

अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ। यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ। साथै अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिने सब–इन्जिनियर ज्ञानमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हालसम्म अन्डरपास निर्माणको करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अहिले फाउन्डेसन तथा सुपरस्ट्रक्चर निर्माणको काम भइरहेको छ। कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ। 

 Saaga- underpass_Nepal Photo Library1 Saaga- underpass_Nepal Photo Library2 Saaga- underpass_Nepal Photo Library3 Saaga- underpass_Nepal Photo Library4 Saaga- underpass_Nepal Photo Library5 Saaga- underpass_Nepal Photo Library6 Saaga- underpass_Nepal Photo Library7 Saaga- underpass_Nepal Photo Library8 Saaga- underpass_Nepal Photo Library9 Saaga- underpass_Nepal Photo Library10 Saaga- underpass_Nepal Photo Library11 Saaga- underpass_Nepal Photo Library12 Saaga- underpass_Nepal Photo Library13 Saaga- underpass_Nepal Photo Library14 Saaga- underpass_Nepal Photo Library15 Saaga- underpass_Nepal Photo Library16 Saaga- underpass_Nepal Photo Library17

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप