म्यानमारमा आम निर्वाचन : अन्तिम चरणको मतदान जारी
सारांश
- म्यानमारमा आम निर्वाचनको तेस्रो तथा अन्तिम चरणको मतदान आइतबार सम्पन्न भयो।
- निर्वाचनलाई लिएर आलोचकहरूले सैन्य शासनलाई वैधता दिने षड्यन्त्रको आरोप लगाएका छन्।
- सैन्य समर्थित दलले बहुमत सिट जित्दा, नयाँ संसद् गठनपछि राष्ट्रपतिमा मिन आङ ह्लाइङ आउने सम्भावना छ।
याङ्गुन । म्यानमारमा आम निर्वाचनको तेस्रो तथा अन्तिम चरणको मतदान आइतबार भइरहेको छ । राजधानी याङ्गुन र मन्डलेसहित ६० टाउनशिपमा बिहान ६ बजेबाट मतदान सुरु भएको थियो ।
देशमा जारी गृहयुद्ध, राजनीतिक दमन र विपक्षी दलहरूको बहिस्कारबिच गरिएको यो निर्वाचनलाई आलोचकहरूले स्वतन्त्र र निष्पक्ष नभएको भन्दै सैन्य शासनलाई वैधता दिने षडयन्त्र भनिरहेका छन् । सन २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेका म्यानमारका सेना प्रमुखहरूले त्यसयता देशलाई नियन्त्रणमा राख्दै आएका छन् ।
उक्त ‘कु’ पछिको गृहयुद्धमा देशमा हजारौँको ज्यान गएको छ । ३५ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । पूर्व नेतृ आङ सान सुकी अझै हिरासतमा छिन् । उनको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सहित थुप्रै विपक्षी दलहरू विघटन गरिएकाले राजनीतिक मैदान पूर्ण रूपमा सैन्य समर्थित दलको पक्षमा झुकेको छ । निर्वाचन आयोगका अनुसार सैन्य समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी)ले तल्लो सदनका २०९ मध्ये १९३ र माथिल्लो सदनका ७८ मध्ये ५२ सिट जितिसकेको छ ।
सेनालाई संविधानअनुसार आरक्षित १६६ सिटसमेत जोड्दा उनीहरूले सरकार गठनका लागि आवश्यक २९४ सिटभन्दा धेरै सिट सुरक्षित गरिसकेको छ । बाँकी १७ दलले एकदेखि १० सिटसम्म मात्रै जितेका छन् । हालका सैन्य शासक तथा कार्यवाहक राष्ट्रपति वरिष्ठ जनरल मिन आङ ह्लाइङ नयाँ संसद् गठनपछि राष्ट्रपतिको भूमिकामा जाने अपेक्षा गरिएको छ । म्यानमारको संसद् मार्चमा बोलाइने र नयाँ सरकारले अप्रिलबाट काम सुरु गर्ने सैन्य प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण