एमालेले प्रलोपालाई साथ दिँदा रुकुम पूर्वमा प्रचण्डलाई प्रेसर !
सारांश
- नेकपा एमालेले रुकुम पूर्वमा प्रलोपालाई सघाउने सहमति जनाएपछि प्रचण्डलाई दबाब सिर्जना भएको छ।
- प्रचण्डविरुद्ध सो क्षेत्रमा प्रलोपाबाट सहिद पुत्र सन्दीप पुन उम्मेदवार बनेका छन्।
- अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ५ हजारभन्दा बढी मत पाएका थिए।
काठमाडौँ । नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई रुकुम पूर्वमा सघाउने सहमति गरेपछि त्यहाँ उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई प्रेसर पर्ने देखिएको छ ।
सुरक्षित क्षेत्र खोज्दै त्यहाँ पुगेका प्रचण्डविरुद्ध सो क्षेत्रमा प्रलोपाबाट सहिद पुत्र सन्दीप पुन उम्मेदवार बनेका छन् । यसअघि माओवादी केन्द्रले जितेको उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ५ हजार भन्दा बढी मत पाएका थिए । त्यतिबेला एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ५ हजार ५११ मत पाएका हुन् ।
यस्तै निर्वाचित भएका तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १२ हजार २६२ मत पाएका थिए । अहिले चुनावको मुखमा माओवादी फुटेर जनार्दन शर्माले प्रलोपा बनाएका हुन् ।
यस्तो स्थितिमा माओवादीको भोट बाँडिन सक्ने र एमालेले पनि साथ दिने भएपछि प्रचण्डलाई प्रेसर पर्ने देखिएको हो ।
समानुपातिकतर्फ कति थियो मत ?
समानुपातिकतर्फको मतपरिणाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ८ हजार २ सय ७१ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको थियो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ हजार ६ सय ९२ मत प्राप्त गरेको थियो भने एमाले ३ हजार ६ सय ५९ मतसहित तेस्रो स्थानमा रहेको थियो।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सय ६६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सय २८ मत पाएको थियो। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले भने ३ सय ७५ मतमा चित्त बुझाएको थियो । अन्य साना पार्टीको भने उल्लेख्य मत थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण