टी–२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा, सलमान अली आगा कप्तान
इस्लामावाद । बंगलादेशको समर्थनमा टी–२० विश्वकप नखेल्ने आशय देखाए पनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतबार आफ्नो टोली घोषणा गरेको छ ।
लाहोरस्थित गद्दाफी स्टेडियममा पीसीबीका उच्च प्रदर्शन निर्देशक तथा पुरुष छनोट समितिका सदस्य आकिब जावेद, पाकिस्तानका टी–२० कप्तान सलमान अली आगा र सेतो बलका मुख्य प्रशिक्षक माइकल जेम्स हेसनले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
सलमान अली आगालाई कप्तान बनाइएको छ । बाबर आजम, फखर जमान र शाहीन शाह अफ्रिदीजस्ता सिनियर खेलाडीहरूलाई पनि टोलीमा समावेश गरिएको छ । पाकिस्तानी टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा कोलम्बोमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।
यस्तो छ पाकिस्तानको टोली
सलमान अली आगा (कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा मोहम्मद नफे (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान (विकेटकिपर), सईम अयूब, शाहीन शाह अफ्रिदी, शादाब खान, उस्मान खान (विकेटकिपर) र उस्मान तारिक ।
एक दिनअघि बंगलादेश बाहिरिएपछि पीसीबी प्रमुख मोहसिन नकवीले पाकिस्तानी सरकारले निर्देशन दिएमा पाकिस्तानी टोली पनि विश्वकप नखेल्ने बताएका थिए । त्यसपछि आईसीसीले विश्वकपबाट हटेमा पीएसएलका लागि अनुमति नदिने चेतावनीसमेत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण