मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : ३० सांसदले गरेनन् मतदान

आइतबार, ११ माघ २०८२, १६ : ५९
आइतबार, ११ माघ २०८२

सारांश

  • राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशका ३० जना सांसद मतदानमा सहभागी भएनन्।
  • निर्वाचन आयोगका अनुसार, कोशी प्रदेशमा ८७, मधेशमा ९९, बागमतीमा ८९ सांसदले मतदान गरे।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि केही सांसद मतदानमा सहभागी भएनन्।

काठमाडौँ । आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहेका सात प्रदेशका ३० जना सांसद मतदानमा सहभागी नभएको पाइएको छ । यद्यपि निर्वाचन आयोगले ९५.६८ प्रतिशत मत खसेको जनाएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहने गरेका छन् ।  निर्वाचन आयोगका अनुसार आइतबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९२ प्रदेशसभा सदस्यमध्ये ८७ सदस्य मात्र मतदानमा सहभागी भएका छन् । 

त्यस्तै, मधेस प्रदेशका एक सय सदस्यमध्ये ९९ सदस्य मतदानमा सहभागी भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशका प्रदेश सांसद मतदानमा सहभागी भएनन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बागमतीमा रहेका १०४ जना प्रदेश सांसदमध्ये ८९ जना सांसद मात्र मतदानमा सहभागी भएका छन् । 

त्यस्तै गण्डकीमा रहेका ५९मध्ये ५७ जना सांसद मतदानमा सहभागी हुँदा लुम्बिनीका ८३मध्ये ७८ जना मतदानमा सहभागी भएका छन् । त्यसैगरी कर्णालीका ४० मध्ये ३९ जना र सुदूरपश्चिमका ५१ मध्ये ४९ जना मात्र मतदानमा सहभागी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप