लागुऔषधसहित पाँच जना पक्राउ
आइतबार, ११ माघ २०८२, २२ : ०५
मकवानपुर । हेटौँडा उपमहापालिकाको विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको छ ।
उनीहरूलाई अवैध लागूऔषध खैरो हेरोइनको धुलो सात ग्राम २०० मिलीग्रामसहित आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहापालिका–२ का २१ वर्षीय विकास परियार, हेटौँडा–४ का २१ वर्षीय विनोद ढुङ्गाना, हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो तामाङ, हेटौँडा उपमहापालिका–१७ का २४ वर्षीय योएक्त प्रजा र प्रेमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।
ती अभियुक्तलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण