अर्घाखाँची महोत्सव सम्पन्न, पाँच करोडको कारोबार
सारांश
- अर्घाखाँचीमा सातौँ महोत्सव सम्पन्न भयो, जसले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्यो।
- मेलामा करिब ७० हजार दर्शकले अवलोकन गरे र पाँच करोडको कारोबार भयो।
- महोत्सवले पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्न मद्दत गर्यो।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालित सातौँ अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सम्पन्न भएको छ ।
अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा सञ्चालन भएको उक्त महोत्सव स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताए । चार सय कक्ष रहेको मेलामा झन्डै ७० हजार दर्शकले अवलोकन गरेका र रु पाँच करोड बराबरको कारोबार भएको उनले जानकारी दिए ।
जिल्लामा उत्पादन भएका रैथाने खाना, फलफूल तथा उत्पादित बस्तुको बिक्री वितरण गर्न तथा धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन र जिल्लालाई चिनाउन महोत्सवबाट मद्दत पुगेको अध्यक्ष श्रेष्ठले बताए । ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्न महोत्सवले भूमिका खेलेको उनको भनाइ छ । महोत्सवमा राष्ट्रियस्तरका विभिन्न कलाकारले आफ्नो प्रस्तुति राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण