अफगानिस्तानमा भारी हिमपात र वर्षाका कारण ६१ जनाको मृत्यु, ११० घाइते
सोमबार, १२ माघ २०८२, ०९ : ३४
सारांश
- अफगानिस्तानमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको छ।
- प्राकृतिक विपत्तिमा ११० जना घाइते भएका छन् भने ४५८ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्।
- राजधानी काबुललाई अन्य प्रान्तसँग जोड्ने मुख्य राजमार्गहरू हिमपातका कारण अवरुद्ध भएका छन्।
काबुल । अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणकाअनुसार प्राकृतिक विपत्तिमा परी कम्तीमा ६१ जनाले ज्यान गुमाएका छन् भने ११० जना घाइते भएका छन् ।
यस प्रकोपले अफगानिस्तानका विभिन्न क्षेत्रमा ४५८ घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ । प्राधिकरणले यो तथ्यांक प्रारम्भिक भएको र हाल विभिन्न स्थानमा सर्वेक्षण तथा मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताएको छ ।
विगत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण