सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।
महासंघका अनुसार सोमबार लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको हो। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो। आज कायम मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव तथा भू–राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको जनाइएको छ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण