सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनयमा फर्किइन् ओशो सन्न्यासी शोभिता

सोमबार, १२ माघ २०८२, १० : ५७
सोमबार, १२ माघ २०८२

काठमाडौँ । ओशो सन्न्यासी बनेपछि फिल्मबाट टाढा रहँदै आएकी शोभिता सिम्खडाले अभिनयमा कमब्याक गरेकी छन् । मनोज पण्डितको निर्देशनमा छायाङ्कन भइरहेको फिल्म ‘ग्रेट’बाट उनले कमब्यक गरेकी हुन् ।

करिब एक दशक बढी फिल्म क्षेत्रबाट बाहिर रहेकी उनले आफ्नो कमब्याक विषयमा सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।

‘वर्षौँको आध्यात्मिक यात्रापछि फेरि एउटा सिर्जनात्मक ‘ध्वनि’ तर्फ फर्किएको छु । आज फेरि सेटमा छु’, उनले भनेकी छन् ‘लाइट, साउन्ड र क्यामेराको त्यो चिरपरिचित धुन मेरो वरिपरि छ ।’ यस पटक आफू पुरानो मान्छे नभएको बताएकी उनले आफ्नो भूमिका मात्र बदलिएको छैन, हेर्ने दृष्टिकोण र सोच्ने गहिराइ पनि बदलिएको बताएकी छन् ।

‘नयाँ अनुभूति, नयाँ ऊर्जा र अझ ठुलो जिम्मेवारी बोकेर उभिएको छु’, उनी अगाडि भनेकी छन्, ‘क्यामेराको लेन्सले यस पटक मेरो अनुहार मात्र होइन, मेरो भित्रको रूपान्तरण पनि खिच्नेछ भन्ने पूर्ण विश्वास छ ।’ उनले अभिनयमा पहिले भन्दा आफुलाई अझ स्पष्ट, अझ दृढ र अझ सशक्त रूपमा देख्ने बताएकी छन् ।

फिल्मको अहिले पर्वत जिल्लाको ऐतिहासिक एवं पर्यटकीय थलो महाशिलामा छायाङ्कन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप