सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब नेपाली फिल्ममा डल्बी एट्मस साउन्ड

सोमबार, १२ माघ २०८२, ११ : २५
सोमबार, १२ माघ २०८२

काठमाडौं । अब नेपाली फिल्ममा पनि फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाइने भएको छ । फिल्म ‘पाँच पाण्डव’ले दर्शकले म्युजिक नेपालले भर्खरै मात्र नेपाल भित्र्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम हुने भएको हो ।

‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने पहिलो फिल्म बनेको छ । निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एटमसमा हुने बताएको छ ।

‘हामीले डल्बी एट्मसका लागि स्टुडियोसँग सम्झौता गरिसकेका छौँ’, पाँच पाण्डवका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, ‘हामी हाम्रा दर्शकलाई साउन्डको फरक टेस्टसहितको प्राविधिक रुपमा पनि अब्बल फिल्ममा दिने छौँ ।’ यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिसकेको उनले जानकारी दिए ।

सम्झौता गर्दा ‘पाँच पाण्डव’का मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको पनि उपस्थित थियो । साउन्डमा कम्प्रमाइज नगरेजस्तै अन्य कुनै पनि कुरामा आफूले फिल्मले निर्माणमा कम्प्रमाइज नगर्ने नवीन बताउँछन् ।

वसन्त निरौलाको निर्देशन रहने फिल्म हरिवंश आचार्यसँगै जितु नेपाल, सागर लम्साल (बले)लगायतका कलाकारको अभिनय रहनेछ । फिल्म सोसल ड्रामा निर्माण हुन लागेको हो । ‘पाँच पाण्डव’मा महिला कलाकारको रुपमा दीपाश्री निरौला र रजनी गुरुङ रहनेछन् । काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको लेखन सुशील पौडेल गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप