धादिङमा ढिस्कोले पुरिएका दुई जनाको उद्धार
सोमबार, १२ माघ २०८२, ११ : ५६
सारांश
- धादिङको बेनिघाट रोराङ गाउँपालिकामा माटोको ढिस्को खसेर २ जना पुरिएका थिए।
- गजुरीबाट खटिएको सैनिक टोलीले उनीहरुको उद्धार गरेको हो।
- उद्धार गरिएका व्यक्तिहरूलाई थप उपचारका लागि मलेखुस्थित अस्पतालमा पठाइयो।
काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा माटोको ढिस्को खसेर पुरिएका दुई जनाको उद्धार गरिएको छ ।
स्थानीयको घर प्लास्टर गर्ने क्रममा ढिस्कोले पुरिएका दुई जना पुरुषलाई गजुरीबाट खटिएको सैनिक टोलीले उद्धार गरेको हो ।
भैरव दल गणको टोलीले उद्धार गरेर उनीहरुलाई थप उपचारको लागी मलेखुस्थित टिचिङ अस्पतालमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण