५ वर्षीया बालिकाको बलात्कार र हत्या : मध्य प्रदेश उच्च अदालतद्वारा मृत्युदण्डको फैसला
सारांश
- मध्य प्रदेश उच्च अदालतले ५ वर्षीया बालिका बलात्कार र हत्यामा दोषी अतुल निहालेलाई मृत्युदण्डको सजाय सदर गरेको छ।
- अदालतले अभियुक्तको पुनरावेदन खारेज गर्दै समाजलाई झकझकाउने क्रूर अपराधमा मृत्युदण्ड उपयुक्त ठहर गर्यो।
- २०२४ सेप्टेम्बरमा भोपालमा बालिकाको बलात्कारपछि हत्या भएको थियो, शव पानी ट्याङ्कीमा फेला परेको थियो।
काठमाडौँ । भारतको मध्य प्रदेश उच्च अदालतले भोपालको शाहजहानाबादमा ५ वर्षीया बालिकाको बलात्कार र हत्यामा दोषी ठहर गर्दै अतुल निहालेलाई दिइएको मृत्युदण्डको सजायलाई सदर गरेको छ । न्यायाधीश विवेक अग्रवाल र न्यायाधीश रामकुमार चौबेको संयुक्त इजलासले यस घटनालाई ‘विरलै हुने दुर्लभ’ श्रेणीमा राख्दै मृत्युदण्डको फैसला सुनाएको हो ।
अदालतले दोषीको पुनरावेदनलाई खारेज गर्दै समाजको सामूहिक चेतनालाई झकझकाउने यस्तो क्रूर अपराधमा मृत्युदण्ड नै उपयुक्त सजाय हुने ठहर गरेको छ । बालिका बलात्कारपछि बीभत्स रूपमा भएको हत्याको सन् २०२४ सेप्टेम्बर २४ मा भएको थियो । भोपालको ईदगाह हिल्सस्थित वाजपेयी नगरबाट एक ५ वर्षीया बालिका बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएपछि खोजी गर्ने क्रममा २६ सेप्टेम्बरमा प्रहरीले अभियुक्त अतुल निहालेको फ्ल्याटको बाथरुममा राखिएको एउटा प्लास्टिकको ट्याङ्कीभित्र बालिकाको शव फेला पारेको थियो ।
अदालतको फैसला र मेडिकल रिपोर्ट अनुसार दोषीले बालिकालाई बलात्कार गर्नका लागि भान्सामा प्रयोग हुने चक्कुले संवेदनशील अङ्गमा गम्भीर चोट पुर्याएका थिए । पोस्टमार्टम रिपोर्टमा बालिकाको शरीरमा १० वटा ठुला घाउहरू फेला परेका थिए । जसका कारण अत्यधिक रक्तस्राव भएर उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । बालिकाको हत्यापछि दोषीले शवलाई दुई-तीन दिनसम्म पानीको ट्याङ्कीमा लुकाएर राखेका थिए ।
सुनुवाइका क्रममा दोषीका तर्फबाट उनको आर्थिक अवस्था र परिवारको जिम्मेवारीलाई ध्यानमा राखी सजाय कम गर्न माग गरिएको थियो । तर, अदालतले ती तर्कहरूलाई अस्वीकार गर्दै भनेको छ, "एक निर्दोष बालिकामाथि चक्कु प्रयोग गरेर गरिएको यस्तो बर्बरतापूर्ण कृत्य कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । दोषीको आपराधिक पृष्ठभूमिसमेत रहेकाले यसमा कुनै पनि प्रकारको सहानुभूति देखाउन मिल्दैन ।"
यसअघि, सन् २०२५ मार्च १० मा भोपालको विशेष पोक्सो अदालतले अतुल निहालेलाई भारतीय न्याय संहिता र पोक्सो ऐनका विभिन्न धाराहरू अन्तर्गत दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । उच्च अदालतले २०२६ जनवरी २२ मा उक्त फैसलाको पुष्टि गर्दै मृत्युदण्डलाई अन्तिम रूप दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण