ओली र बालेन भिड्ने ‘झापा–५’ मा कति छन् मतदाता ? (प्रत्येक वडाको विवरणसहित)
सारांश
- झापा-५ निर्वाचन क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनेको छ, जहाँ केपी शर्मा ओली र बालेन शाह प्रतिस्पर्धा गर्दैछन्।
- एमाले अध्यक्ष ओली 'भावी प्रधानमन्त्री'को रूपमा चुनावी अभियानको नेतृत्व गर्दैछन् भने रास्वपाले बालेनलाई सोही रूपमा घोषणा गरेको छ।
- झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका र दमक नगरपालिकाका वडाहरू पर्दछन्, जसमा १ लाख ६३ हजार ३७९ मतदाता छन्।
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ नम्बर क्षेत्र यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चाको केन्द्र बनेको छ ।
यो निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसमेत यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
ओली एमालेबाट ‘भावी प्रधानमन्त्री’का रूपमा चुनाव अभियानको नेतृत्व गर्दैछन् भने रास्वपाले बालेनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा घोषणा गरिसकेको छ । त्यसैले दुई ‘भावी प्रधानमन्त्री’ एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी बन्दा सर्वत्र चासो बढेको हो ।
झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको चार वटा वडा र दमक नगरपालिकाको १० वटै वडा पर्दछन् । यो निर्वाचन क्षेत्रमा एक लाख ६३ हजार ३७९ जना कुल मतदाता छन् ।
कुन वडामा कति मतदाता ?
कमल गाउँपालिका
वडा नम्बर १ – ५,२१२
वडा नम्बर २ – ५,२३९
वडा नम्बर ३ – ५,१०३
वडा नम्बर ४ – ६,०३२
वडा नम्बर ५ – ७,२३७
वडा नम्बर ६ – ५,८८५
वडा नम्बर ७ – ६,०७८
गौरादह नगरपालिका
वडा नम्बर १ – ६,९०४
वडा नम्बर २ – ३,५२०
वडा नम्बर ३ – ३,७९०
वडा नम्बर ४ – ६,२३५
वडा नम्बर ५ – ६,२८७
वडा नम्बर ६ – ५,०५७
वडा नम्बर ७ – ५,७०१
वडा नम्बर ८ – ३,९८१
गौरीगञ्ज गाउँपालिका
वडा नम्बर ३ – ५,३३३
वडा नम्बर ४ – २,८६७
वडा नम्बर ५ – २,७५८
वडा नम्बर ६ – ४,१६३
दमक नगरपालिका
वडा नम्बर १ – ६,७९४
वडा नम्बर २ – ६,७७६
वडा नम्बर ३ – ८,०२२
वडा नम्बर ४ – ७,०५८
वडा नम्बर ५ – ७,९८४
वडा नम्बर ६ – ४,४६०
वडा नम्बर ७ – ५,५२३
वडा नम्बर ८ – ६,६७१
वडा नम्बर ९ – ७,९४५
वडा नम्बर १० – ४,७६४
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण