प्रतिनिधि सभा बैठकका लागि हल व्यवस्थापन गरिदिन आग्रह
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले आगामी फागुन २१ गते हुने निर्वाचनपछि बस्ने प्रतिनिधि सभा बैठक सञ्चालनका लागि हल व्यवस्थापन गरिदिन मुख्यसचिव समक्ष अनुरोध गरेको छ ।
सोमबार सचिवालयले मुख्यसचिव सुमनराज अर्याललाई पत्र लेख्दै हल व्यवस्थापन गरिदिन अनुरोध गरेको हो ।
'आगामी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सङ्घीय संसद् सचिवालयसँग आवश्यक सभा हल, पदाधिकारीहरू र सचिवालयका कर्मचारीहरूको कार्यकक्ष, संसदीय दलका कार्यालयहरू, सभा सञ्चालनका लागि आवश्यक अडियो भिडियो रेकर्डिङ, लाइभ प्रसारण, श्रव्यदृष्य र सूचना प्रविधि सम्बन्धी उपकरणहरू लगायतका भौतिक संरचनाहरू सहितको पूर्वाधार नभएकोले सोको आवश्यक व्यवस्था मिलाइदिनुहुन सचिवालय (श्रीमान् महासचिवस्तर) को मिति २०८२र१०र०८ गतेको निर्णयअनुसार सादर अनुरोध गर्दछु,' संसद् सचिवालयकी सहसचिव बबिता मिश्रद्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ।
यसअघि संसदीय कामकारबाहीका लागि तत्कालीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरको भवन र परिसर क्षेत्रलाई संसद् भवनका रूपमा प्रयोग गरिँदै आएकोमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सम्मेलन केन्द्र भवन (संसद् भवन)मा आगजनी र तोडफोडबाट पूर्णरूपमा क्षति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण