मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालियो
सुर्खेत । पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ ।
छेडा चाँदे–जुम्ला सडकखण्डभित्र अन्तर्गत सडक निर्माण तीव्र बनाइएको हो । पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ । छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको मोटरेबल पुल पनि निर्माण भइरहेको छ । कच्ची कटानको काम भएपछि हाल स्तरोन्नति सुरु भएको हो ।
मध्यपहाडी लोकमार्ग, भेरी करिडोरसँग जोडिएर जुम्ला जोड्नका लागि काम धमाधाम भइरहेको छ । पश्चिमका छेडागाड, जुनिचाँदे गाउँपालिकाका साथै कुशे गाउँपालिकालाई यो सडकले जोडिन्छ । पश्चिम जाजरकोटको सबैभन्दा छोटो तथा महत्वपूर्ण सडकका रूपमा रहेको यो सडकले जुम्ला जोड्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।
जाजरकोट क्षेत्र नं २ का लागि यो सडकलाई लाइफ लाइनका रूपमा लिइन्छ । पालिकाले यही सडकसँग जोडेर आन्तरिक सडक निर्माण तीव्र बनाएको छेडागाड नगरपालिकाका उपप्रमुख अपिल थापाले बताए । छेडाबाट मोर्कसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा बाँकी मोर्क–वडावनभित्रको १७ किलोमिटर सडकको काम सुरु भएको हो ।
सर्वाधिक समस्याको रुपमा रहेको यो सडक छेडागाड नगरपालिकाको अधिकांश भागलाई छुने गर्छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख हरि वलीका अनुसार काम तीव्रगतिमा रहेको छ । सन् २०२४ अफ्रिल १० मा सम्झौता भएको यो सडक ७३० दिनमा निर्माण कार्य पूरा गर्ने लक्ष्य छ । रु ४४ करोड १९ लाख ५३ हजार १५१ मा काम भइरहेको कार्यालय प्रमुख वलीले जानकारी दिए ।
चालु आर्थिक वर्षमै यो काम पूरा हुने उनले जानकारी दिए । हाल पूर्वाधारको काम ६० प्रतिशत र आर्थिक पक्षको काम ५६ प्रतिशत प्रगति भएको उनले बताए । मन्त्रालयको सचिवसहितको टिमले यो सडकको अनुगमन गरेर राम्रो प्रगति भएको भन्दै चालु आवमै पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।
त्यसैगरी, यो सडकको दोस्रो चरणको कामसमेत छिट्टै सुरु गर्ने तयारीमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । उनका अनुसार वडावनबाट जुम्लाको सिमानासम्म अर्को ठेक्का खोल्ने अन्तिम तयारी भइरहेको छ ।
भेरी करिडोरको छेडाबाट सुरु भएको यो सडक जुम्लाको सिमानासम्म पुगेर पूरा हुनेछ । जुम्लाको तर्फबाट समेत जाजरकोटको सिमानासम्म काम भइरहेको छ । प्रदेश सरकारले यसलाई मुख्य प्राथमिकताका साथ काम गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण