घरेलु कामदारमाथि यौनशोषण, धुरन्धरका अभिनेता पक्राउ
सारांश
- अभिनेता नदीम खानलाई घरेलु कामदारमाथि जबर्जस्ती करणी गरेको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको छ।
- पीडित महिलाले विवाहको झुटो आश्वासन दिएर वर्षौँसम्म शारीरिक शोषण गरेको आरोप लगाएकी छिन्।
- प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको छ, खानले टिभी, फिल्म र ओटीटी प्लेटफर्ममा काम गरेका छन्।
मुम्बई । फिल्म ‘धुरन्धर’ मा अभिनय गरेर चर्चामा आएका अभिनेता नदीम खानलाई आफ्नै घरेलु कामदारमाथि जबर्जस्ती करणी गरेको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको छ। ४१ वर्षीया महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
पीडित महिलाका अनुसार नदीमले विवाह गर्ने झुटो आश्वासन दिएर वर्षौँसम्म शारीरिक शोषण गरेका थिए। अभिनेताले विवाह गर्न अस्वीकार गरेपछि महिला न्यायका लागि प्रहरीकहाँ पुगेकी हुन्।
प्रहरीमा दर्ता गरिएको उजुरी अनुसार ती महिला १० वर्षअघि नदीम खानको घरमा काम गर्न सुरु गरेकी थिइन्। सन् २०१५ देखि उनीहरूबिच निकटता बढेको र नदीमले विवाह गर्ने वाचा गर्दै सम्बन्ध राखेका थिए।
लामो समय बितिसक्दा पनि वाचा पूरा नगरेपछि पीडितले सुरुमा भर्सोवा प्रहरीमा उजुरी दिएकी थिइन्, जसलाई पछि मालवणी प्रहरीकहाँ सारिएको छ। मालवणी प्रहरीले महिलाको बयानका आधारमा मुद्दा दर्ता गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ।
बलिउडमा सहयोगी भूमिकाका लागि चिनिएका नदीम खानले लामो समयदेखि टिभी, फिल्म र ओटीटी प्लेटफर्ममा काम गर्दै आएका छन्। उनले अमिताभ बच्चन, असरानी, आदिल हुसेन र सञ्जय मिश्रा जस्ता दिग्गज कलाकारहरूसँग पर्दा साझा गरिसकेका छन्।
रङ्गमञ्चबाट अभिनय यात्रा सुरु गरेका उनले मिमी, वध, धडक र वेब सिरिज मुखबिर जस्ता चर्चित प्रोजेक्टमा अभिनय गरेका छन्।
नदीम हालै मात्र आदित्य धरको निर्देशनमा बनेको फिल्म धुरन्धरमा रहमान डकैतको भान्से अखलाकको भूमिकामा देखिएका थिए। उनी अभिनीत नयाँ फिल्म ‘वध २’ आगामी फेब्रुअरी ६ मा प्रदर्शन हुने तयारीमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण