उपमेयरमाथि हातपात, गाडी समेत तोडफोड
रौतहट । रौतहटको गुजरा नगरपालिकाकी उपमेयरमाथि हातपात भएको छ । साथै गाडीमा तोडफोड भएको छ । उपमेयर रत्ना लामाले आफूमाथि सोमबार नगरपालिकाको कार्यालय परिसरमै हातपात भएको बताइन् ।
उनले मेयर सन्तलाल चौधरीको इशारामा वडा नम्बर १ का स्थानीय महिलाहरूको समूहले कार्यालय परिसरमै आएर आफूमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लगाइन् ।
लामाका अनुसार त्यसअघि मेयरका भाइ–भतिजाले आफू सवार प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडी गुजरा–१ र ९ को सिमानामा पर्ने लमाहा खोलामा रोकेर तोडफोड गरेका थिए । त्यसपछि नगरपालिका पुगेपछि कार्यालय परिसरमै हातपात भएको उनको भनाइ छ ।
उपमेयर लामाले वडा नम्बर १ मा सहकारीमार्फत भइरहेको मलखाद्य वितरणमा नयाँ डिलर दर्ता गराउन मेयर पक्षले दबाब दिएको तर आफूले कानुनअनुसार मात्र काम गर्न निर्देशन दिएको बताइन् । यही विषयलाई लिएर आफूमाथि आक्रमण र गाडी तोडफोड गरिएको उनको दाबी छ ।
घटनाबारे अनुसन्धान र कारबाहीको माग गर्दै आज इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लिखित उजुरी दिने उनले जानकारी दिइन् ।
गुजरा नगर कार्यपालिका सदस्य विजय साह बानियाँले घटनामा मेयर पक्षका स्थानीय र आफन्तको संलग्नता रहेको आरोप लगाउँदै दोषीमाथि कारबाही हुनुपर्ने बताए ।
यता, मेयर सन्तलाल प्रसाद चौधरीले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । किसानले समयमा मल नपाउँदा आक्रोश व्यक्त गरेको क्रममा घटना भएको र उपमेयर संयमित नहुँदा अवस्था बिग्रिएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रुपा लाबुङले घटनाबारे मौखिक जानकारी आएको र अनुसन्धान भइरहेको बताइन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा मेयर चौधरी जसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए भने उपमेयर लामा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण