ट्रम्पको धरपकडप्रति अमेरिकामा बढिरहेछ असन्तुष्टि
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको आप्रवासन नीतिमा जनसमर्थन घटेको छ, जुन ऐतिहासिक रूपमा न्यून स्तरमा झरेको छ।
- संघीय एजेन्टद्वारा दुई जनाको हत्या भएपछि ट्रम्पको स्वीकृति दर घटेको रोयटर्स/इप्सोसको सर्वेक्षणले देखाएको छ।
- सर्वेक्षण अनुसार, ५८ प्रतिशत उत्तरदाताले आईसीई एजेन्टहरूले आप्रवासन कडाइमा अत्यधिक कदम चालेको बताएका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिमा जनसमर्थन ऐतिहासिक रूपमा न्यून स्तरमा झरेको छ । आप्रवासीमाथि कडाइ गर्ने क्रममा संघीय एजेन्टद्वारा दुई जनाको हत्या भएपछि चर्किएको आलोचनाबिच ट्रम्पको स्वीकृति दर घटेको एक नयाँ सर्वेक्षणले देखाएको हो ।
सोमबार सार्वजनिक भएको रोयटर्स/इप्सोसको सर्वेक्षणअनुसार केवल ३९ प्रतिशत अमेरिकीले आप्रवासन मुद्दामा ट्रम्पको कामप्रति समर्थन जनाएका छन् । यो दर यसै महिनाको सुरुवातमा रहेको ४१ प्रतिशतभन्दा कम हो । सर्वेक्षण शुक्रबारदेखि आइतबारसम्म गरिएको थियो ।
यो सर्वेक्षण मिनेसोटाको मिनियापोलिसमा संघीय सीमा एजेन्टले ३७ वर्षीय आईसीयू नर्स एलेक्स प्रेट्टीलाई गोली हानी हत्या गरेको घटनापछि आएको हो । प्रेट्टी पछिल्लो एक महिनाभित्र सो शहरमा संघीय एजेन्टद्वारा मारिने दोस्रो व्यक्ति हुन् ।
यसअघि जनवरी ७ मा आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) एजेन्टले तीन सन्तानकी आमा ३७ वर्षीया रेनी निकोल गुडको हत्या गरेका थिए ।
बढ्दो आलोचनाबिच ट्रम्पले सोमबार आफ्ना ‘सीमा जार’ टम होमनलाई मिनियापोलिस पठाउने घोषणा गरेका छन् । साथै उनले मिनेसोटाका डेमोक्रेटिक गभर्नर टिम वाल्जसँगको फोनवार्ता धेरै राम्रो भएको भन्दै प्रशासन र राज्य सरकारबीच समन्वय बढ्ने सङ्केत दिएका छन् । सर्वेक्षणमा ५८ प्रतिशत उत्तरदाताले आईसीई एजेन्टहरूले आप्रवासन कडाइमा अत्यधिक कदम चालेको बताएका छन् ।
२६ प्रतिशतले ठिकै भनेका छन् भने १२ प्रतिशतले अझ कडा हुनुपर्ने धारणा राखेका छन् । न्युयोर्क टाइम्सरसिएना र वाल स्ट्रिट जर्नलका अघिल्ला सर्वेक्षणहरूले पनि ट्रम्प प्रशासनको आप्रवासन नीति जनतामा अलोकप्रिय बन्दै गएको सङ्केत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण