उज्यालो क्षेत्रमा मेरो काम नेपालको लागि सफल मोडेल हो : कुलमान घिसिङ
काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि एउटा सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सो दाबी गरेका हुन् ।
उनले मुलुलकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बनाउँदै घर–घरमा रोजगारी सिर्जना उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बताए । मुलुकलाई कुषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर हुनको लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनेपालाई मतदान गर्न आह्वान पनि गरे।
अध्यक्ष घिसिङले हाल मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भएपनि क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए ।
उनले मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण