यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ।
- कार्यालय प्रमुखसहित कर्मचारीहरूले बिचौलियामार्फत लाइसेन्स परीक्षामा अनुत्तीर्णलाई रकम असुलेको आरोप छ।
- आयोगले कार्यालय प्रमुख, कर्मचारी र अन्य व्यक्तिका मोबाइल फोन र कागजातहरू बरामद गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र कागजातहरू आयोगले बरामद गरेको छ । आयोगको टोलीले आज उक्त सामानहरू बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
अख्तियारले दिएको जानकारीअनुसार यातायात व्यवस्था कार्यालय चाबहिलमा कार्यरत कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरूले बिचौलियामार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा अनुतीर्ण भएका सेवाग्राहीहरूलाई खोजी गरी प्रत्येक व्यक्तिसँग ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम संकलन गर्ने गरेका थिए । उनीहरूले अनुतीर्ण भएको ३ महिना अवधि नपुग्दै पुनः आवेदन दर्ता गराई लिखित परीक्षामा सहभागी गराएर भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी र सूचनाको आधारमा आयोगको टंगालबाट खटिएको टोलीले छानबिन सुरु गरेको थियो ।
यातायात व्यवस्था कार्यालय चाबहिल, काठमाडौंका कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित सोही कार्यालयका १७ जना कर्मचारीहरूका २५ थान मोबाइल फोन बरामद गरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित ३ जनाका ३ थान मोबाइल फोन पनि आयोगले बरामद गरेको छ । त्यस्तै नेपाल ड्राइभिङ्ग एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको १ थान मोबाइल फोन बरामद भएको छ ।
लिखित परीक्षा दिई फेल भएको मितिले ३ महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीका उत्तरपुस्तिकासहितका कागजातहरू पनि आयोगले जफत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण