अख्तियारद्वारा वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध आरोप पत्र दायर
सारांश
- अख्तियारले भरतपुरका पूर्व इञ्जिनियर आचार्यविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
- आचार्यले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (अधिकृत आठौँ तह) भरतकुमार आचार्यविरुद्ध मंगलबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
आचार्यले पदीय मर्यादा विपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको जनाएको छ । आचार्यले सेवा अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि गैरकानुनी सम्पत्ति आर्जन गरेको कसूरमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार आचार्य इन्जिनियर/राप तृतीय श्रेणी पदमा सेवामा प्रवेश गरेको २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको सम्पत्ति परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रु छ करोड ७८ लाख ९१ हजार १५ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएकाले सोही बराबरको बिगो असूल गरी कारबाहीको माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण