होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली
सारांश
- काठमाडौंस्थित इजरायली दूतावासले अन्तरराष्ट्रिय होलोकास्ट स्मृति दिवस मनायो।
- यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जनवरी २७ मा मनाइन्छ।
- कार्यक्रममा मानव अधिकार, सहिष्णुता र सम्मानको प्रवद्र्धनमा जोड दिइयो।
काठमाडौँ । काठमाडौँस्थित इजरायली दूतावासद्वारा मङ्गलबार अन्तरराष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरिएकाे छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट पीडितहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ । द्वितीय विश्वयुद्धका क्रममा नाजी शासनद्वारा छ लाख यहुदीको संहार गरिएको स्मरणमा सन् २००६ देखि उक्त विश्व संस्थाको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले होलोकास्टको पीडाबाट अन्तरराष्ट्रिय मानव अधिकार कानुन र संरचनाको विकास भएको उल्लेख गरे । उनले मानव अधिकार, सहिष्णुता र सम्मानको प्रवद्र्धन आजको आवश्यकता भएको बताए ।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले होलोकास्ट मानव सभ्यतामाथिको कालो दाग भएको उल्लेख गर्दै जातीय घृणा, विभेद र सम्पूर्ण समुदायलाई नष्ट गर्ने सोचको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले यस्ता घटनाहरू दोहोरिन नदिन स्मरण र शिक्षा अत्यावश्यक भएको बताए ।
त्यस अवसरमा जर्मनी र अष्ट्रेलियाका कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै होलोकास्टकी जीवित साक्षी सोफिया गेलरको सन्देश प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण