काठमाडौँ उपत्यकामा प्रदूषणका बिचमा हल्का वर्षा (तस्बिरहरू)
सारांश
- काठमाडौँ उपत्यकामा आज हल्का वर्षा भयो।
- वर्षासँगै चिसो बढेको र प्रदूषण पनि बढेको छ।
- प्रतिकूल मौसमका कारण दैनिक जनजीवन र आवतजावतमा असर परेको छ।
काठमाडाैँ । नेपालमा न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको छ। बुधबार बिहानदेखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ। बिहानैदेखि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ।
यसैबिच, काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब बनेपछि घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन्। स्विस वायु प्रदूषण मापन एप ‘आईक्यूएयर’का अनुसार काठमाडौँको वायु गुणस्तर ‘अति अस्वस्थकर’ स्तरमा पुगेको छ।
हेर्नुहोस् तस्बिरहरू :
_Y9BXxAohGZ.jpg)
_UdmI9hRuvc.jpg)
_BgNj2N4ZY0.jpg)
_CEa09i1hLy.jpg)
_LjVXBEMXK3.jpg)
_MtcdgN2CDv.jpg)
_wGUDFaYGFK.jpg)
_kjwcrK3sFJ.jpg)
_m9IAJqM5bW.jpg)
_xnrOn0DyLk.jpg)
_fA07tQm6Sd.jpg)
_OJko4PEFsr.jpg)
_o2yjSOpOrG.jpg)
_BonxpTlK7Q.jpg)
_AVPGRG5EaY.jpg)
_UYtQ3opSNN.jpg)
_naKgnBzwGy.jpg)
_7c18vwHSuL.jpg)
_jRalhz4BBF.jpg)
_BjEg3U0wvx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण