जेनजी अभियन्ता सोडारीको स्वास्थ्य अवस्था गम्भीर, वीर अस्पतालमा भर्ना
सारांश
- काठमाडौँको माइतीघर मण्डलामा अनसनरत जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरियो।
- सोडारी ६ बुँदे माग राख्दै ९ दिनदेखि अनसनमा थिए, तर सरकारले चासो नदेखाउँदा स्वास्थ्य बिग्रियो।
- जेनजी युनाइटेडका संयोजकले सरकारको व्यवहारलाई 'क्रूर र मानवीय संवेदनाहीन' भनेर टिप्पणी गरे।
काठमाडौँ । विभिन्न ६ बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा विगत ९ दिनदेखि आमरण अनसनरत जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।
लगातार ९ दिनसम्म अनसन जारी रहँदा समेत सरकारले कुनै चासो नदेखाई बेवास्ता गरेपछि अन्ततः उनको अवस्था नाजुक बनेको हो । सरकार युवा तथा जेनजी आन्दोलनका माग र मुद्दाप्रति अनुदार बन्दै आएको भन्दै जेनजी युनाइटेडका संयोजक सुजन पौडेलले यसलाई ‘सरकारको क्रूर र मानवीय संवेदनाहीन व्यवहार’ भनेर टिप्पणी गरेका छन् ।
वीर अस्पतालमा उपचाररत सोडारीको अवस्था अत्यन्तै सिकिस्त बन्दै गएपछि अस्पताल भर्ना गर्नुपरेको डा. जगत विकले जानकारी दिएका छन् । सोडारी माइतीघर मण्डलामा ६ बुँदे मागसहित आमरण अनसनमा बस्दै आएका थिए ।
अभियन्ता सोडारीका ६ बुँदे मागहरू :
१. निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठनमार्फत देशलाई दिगो निकास दिनुपर्ने ।
२. जेनजी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूको तत्काल रिहाइ तथा दोषीमाथि हदैसम्मको कारबाही ।
३. भ्रष्टाचार अभियोग लागेका सम्पूर्ण व्यक्तिमाथि निष्पक्ष छानबिन र निर्मम कारबाहीको सुनिश्चितता ।
४. प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गरिनुपर्ने ।
५. संविधान संशोधन वा पुनःलेखनमार्फत राज्यको पुनर्संरचना गरिनुपर्ने ।
६. विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गरिनुपर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण