सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समाचार

ओलीले भने– जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन, सोच्न पनि सक्दिनँ

बुधबार, १४ माघ २०८२, १८ : ३९
बुधबार, १४ माघ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा आफूले गोली चलाउन सुरक्षा निकायलाई आदेश नदिएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले भने,'हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ।'

भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेकामा उनले असन्तुष्टि समेत जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप