कञ्चनपुर–२ मा चुनावी गतिविधि तीव्र
सारांश
- कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले चुनावी गतिविधि बढाएका छन्।
- नेकपा, कांग्रेस, रास्वपा, एमाले, र राप्रपालगायतका दलहरूले निर्वाचन परिचालन समिति गठन गरी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
- निर्वाचन क्षेत्रमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा चार जना स्वतन्त्र छन् र १ लाख ९ हजार ५७४ मतदाता रहेका छन्।
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राजनीतिक दलहरूले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएका छन् ।
मुख्य राजनीतिक दलहरूले निर्वाचन परिचालन समिति गठन गरी चुनावी गतिविधिलाई तीव्र बनाइरहेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनाव लक्षित एक हजार ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरी परिचालन गरेको छ । नेकपाबाट यस क्षेत्रमा माधवप्रसाद पन्त उम्मेदवार छन् ।
यसैगरी, नेपाली कांग्रेसले पनि चुनावी तयारीका लागि विभिन्न समिति गठन गरी प्रचारप्रसारलाई तीव्रता दिएको छ । १५१ सदस्यीय प्रचारप्रसार समिति र क्षेत्रीय सहसचिव रमेशप्रसाद भट्टको संयोजकत्वमा नौ सदस्यीय सचिवालय समिति गठन गरी प्रचारप्रसार अगाडि बढाएको छ ।
कांग्रेसका तर्फबाट पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउद उम्मेदवार छन् । चुनावी अभियानअन्तर्गत प्रदेशसभा (क) र (ख) मा अनुगमन समितिसमेत गठन गरी वडा तहसम्म परिचालन गरिएको पार्टीका क्षेत्रीय सभापति सिंहले बताए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो
प्रचारलाई गति दिएको छ । सो पार्टीका उम्मेदवार दीपकराज बोहराले मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि आफ्ना उम्मेदवार बचनबहादुर सिंहको पक्षमा जनमत सिर्जना गर्न प्रचारप्रसार अगाडि बढाएको छ । एमालेका कार्यकर्ता यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीर्थराज चटौत उम्मेदवार रहहेका छन् । पार्टीको चुनावी प्रचारप्रसार समितिका सदस्य ललितबहादुर हमालले मतदाताको घर दैलोमा पुगेर मत मागिरहेको बताए ।
“पहिलो चरणको भेटघाट कार्यक्रम पूरा गरी दोस्रो चरणमा सबै मतदाताको घरदैलोमा पुगेर पार्टीको दृष्टिकोणबारे जानकारी दिन्छौँ”, उनले भने ।
जनमत पार्टीका उम्मेदवार रामचन्द्र भट्टले चुनावी प्रतिबद्धतापत्रसहित उम्मेदवारको घर दैलोमा पुगेर मत मागिरहेको बताए । उनको प्रतिबद्धतापत्रमा शुक्लाफाँटा आरक्ष पीडितको स्थायी समाधान, सुकुम्बासीलाई लालपुर्जा, र प्राविधिक शिक्षालाई विशेष जोड दिइएको छ ।
जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कूल १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये चारजना स्वतन्त्र छन् ।यस निर्वाचन क्षेत्रमा एक लाख नौ हजार ५७४ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण