युवराज सफल हाजिर जमानीमा रिहा
बिहीबार, १५ माघ २०८२, १२ : ०१
काठमाडौँ । अफवाह फैलाएको कसुरमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन् । उनलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए । उनी बुधवार साँझ छुटेका हुन् ।
महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक टिप्पणी गर्दै अपशब्द बोलेपछि माघ १३ मा सफल पक्राउ परेका थिए । महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको उनले आरोप लगाएका थिए ।
सफललाई कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माघ ८ मा काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण