गाजामा तीन जना आतङ्ककारीको मृत्यु : इजरायल
काठमाडाैँ । इजरायली सेनाले दक्षिणी गाजा सहर रफाहमा 'आठ जना आतङ्ककारीहरूमाथि रातारात आक्रमण गरेको उल्लेख गर्दै ती मध्ये तीन जनाको मृत्यु भएको शुक्रबार जनाएको छ ।
सेनाले विज्ञप्तिमा जारी गर्दै भूमिगत अवस्थाबाट निस्किएका 'आठ जना आतङ्ककारी' को पहिचान गरी वायुसेनाले “तीन जना आतङ्ककारीको हत्या गरेको बताएको छ ।
थप आक्रमणहरू सुरु गरिएको जनाउदै सनोले सबै आतङ्ककारीहरूलाई पत्ता लगाइ नष्ट गर्न सैनिकहरूले यस क्षेत्रमा खोजी कार्य जारी राखेको विज्ञप्तिमा भनिएको छ ।
रफाह इजिप्ट पार गर्ने स्थान हो, जुन गाजा पट्टी र बाहिरी संसार बीचको एक मात्र बाटो हो जसमा इजरायलमा सहायताको लागि महत्त्वपूर्ण स्थानको रुपमा लिइन्छ ।
सन् १०२३ अक्टोबर को आक्रमणबाट सुरु भएको इजरायल र हमासबिचको लडाइँ रोक्न भएको अमेरिकी योजनाको युद्धविराम दुवै पक्षले एक-अर्कालाई बारम्बार उल्लङ्घन गरेको आरोप लगाए पनि तीन महिना भन्दा बढी समयदेखि चलिरहेको छ ।
यस अघि जनवरीमा वासिङ्टनले युद्धविराम दोस्रो चरणमा पुगेको घोषणा गरेको थियो, जसको उद्देश्य युद्धको निश्चित अन्त्य गर्नु थियो ।
इजरायली सेनाले आफ्नो सेना “युद्धविराम सम्झौता अनुसार तैनाथ रहेको र कुनै पनि तत्काल खतरा हटाउन सञ्चालन जारी राख्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण