‘सहिदको त्यागलाई दलले उपेक्षा गर्दा युवाको विद्रोह’
शुक्रबार, १६ माघ २०८२, १८ : ३७
मकवानपुर । बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकको स्वतन्त्रता, संसदीय प्रजातन्त्रको स्थापना र नागरिकलाई अधिकार दिलाउन सहिदहरूको त्याग, तपस्यालाई राजनीतिक नेतृत्वले उपेक्षा गर्दा गत भदौ २३/२४ मा जेनजी विद्रोह भएको बताएका छन् ।
उनले सहिद दिवसका अवसरमा बागमती प्रदेश मूल समारोह समिति मकवानपुरद्वारा शुक्रबार हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रलाई दिगो शान्ति ल्याउन र प्रजातान्त्रिक संस्कार पुनःस्थापना गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सबै नेपालीको सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख देवकोटाले युवापुस्ता कसैको उक्साहटमा नलागी राष्ट्रको सार्वभौमसत्ता सुरक्षित राख्न र आपसी सहिष्णुता कायम राख्नतर्फ एकढिक्का हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण