मध्यपूर्व तनावबिच इजरायल र साउदी अरबसँग अमेरिकाकाे हतियार बिक्री सम्झौता
अमेरिका । संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि नौ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ ।
अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छन्, जसले क्षेत्रीय हवाई र मिसाइल रक्षा क्षमता बढाउनेछ । इजरायलले बख्तरबन्द ,३० वटा ‘एपाच’ हेलिकप्टर र तीन हजार २५० हल्का ट्याक्टिकल वाहनहरू खरिद गर्ने छन् । एपाच हेलिकप्टर र उपकरणको लागत तीन अर्ब ८० करोड अमेरिकी डलर र हल्का ट्याक्टिकल वाहनको लागत एक अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ ।
अमेरिकी प्रशासनले यी बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा प्रतिकूल असर नपर्ने र दुबै देशलाई आफ्नो सीमा र जनसङ्ख्या केन्द्रको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने भनेका छन् । यद्यपि केही अमेरिकी नेताहरूले यस सम्झौता अघि बढाइएको आरोप लगाएका छन् । यो निर्णय मध्यपूर्वमा बढ्दो तनाव र सम्भावित सैन्य गतिविधिसँग सम्बन्धित रूपमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण