टी–२० विश्वकप २०२६ : यस्तो छ फर्म्याट र पूर्ण खेल तालिका
सारांश
- आगामी टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ देखि सुरु हुनेछ, जसमा २० टोलीको सहभागिता रहनेछ।
- बङ्गलादेशलाई सुरक्षा कारणले प्रतियोगिताबाट हटाइ स्कटल्यान्डलाई समावेश गरिएको छ, जसले समूह विभाजन परिवर्तन गरेको छ।
- प्रतियोगिता भारत र श्रीलंकाका विभिन्न मैदानमा हुनेछ, जसमा फाइनल खेल मार्च ८ मा हुनेछ।
काठमाडौँ । क्रिकेट प्रेमीहरूको ध्यान अब भारत र श्रीलंकातर्फ केन्द्रित हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० विश्वकप २०२६ आगामी फेब्रुअरी ७ बाट सुरु हुँदैछ।
प्रतियोगिताको १०औँ संस्करणमा कुल ५४ खेल हुनेछन् भने मार्च ८ मा फाइनल खेलसँगै प्रतियोगिता समापन हुनेछ।
टी–२० विश्वकप २०२६ मा सहभागी टोली र समूह विभाजन
सन् २०२४ बाट २० टोली सहभागी हुने व्यवस्था लागू गरिएको थियो र यसपटक पनि २० टोली नै प्रतिस्पर्धामा छन्।
तर प्रतियोगिता सुरु हुनुअघि आईसीसीले बङ्गलादेशलाई प्रतियोगिताबाट हटाएको छ। सुरक्षा कारण देखाउँदै भारत जान अस्वीकार गरेपछि बङ्गलादेशलाई हटाइएको हो। बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरिएको छ।
२० टोलीलाई पाँच–पाँच टोलीको चार समूहमा विभाजन गरिएको छ :
• समूह ‘ए’ : भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान, अमेरिका
• समूह ‘बी’ : अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका, जिम्बाब्वे
• समूह ‘सी’ : इङ्गल्यान्ड, इटाली, नेपाल, वेस्ट इन्डिज, स्कटल्यान्ड
• समूह ‘डी’ : अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (यूएई)
टी–२० विश्वकप २०२६ को फर्म्याट
प्रतियोगिता दुई चरणको समूह चरणपछि नकआउट चरणमा पुग्नेछ।
समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछन्। सुपर–८ मा पुगेका आठ टोलीलाई पुनः दुई समूहमा विभाजन गरिनेछ।
सुपर–८ चरणका उत्कृष्ट दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टोलीबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको तालिका
• समूह चरण : फेब्रुअरी ७ – २०
• सुपर–८ : फेब्रुअरी २१ – मार्च १
• सेमिफाइनल : मार्च ४ र ५
• फाइनल : मार्च ८
खेल हुने मैदान (भेन्यु)
भारतका पाँच र श्रीलंकाका तीन मैदानमा खेल हुनेछन्। सेमिफाइनलको एउटा खेल र फाइनलको मैदान भारत सेमिफाइनल पुग्ने/नपुग्नेमा निर्भर हुनेछ।
यदि भारत सेमिफाइनल पुगेमा दोस्रो सेमिफाइनल मुम्बईको वानखेडे रङ्गशालामा हुनेछ। पाकिस्तान सेमिफाइनल पुगेमा कोलम्बोको आर प्रेमदासा रङ्गशालामा मार्च ४ मा खेल हुनेछ।
भारतका मैदानहरू :
१. अरुण जेटली रङ्गशाला (दिल्ली)
२. इडन गार्डेन्स (कोलकाता)
३. एम. ए. चिदम्बरम रङ्गशाला (चेन्नई)
४. नरेन्द्र मोदी रङ्गशाला (अहमदाबाद)
५. वानखेडे रङ्गशाला (मुम्बई)
श्रीलंकाका मैदानहरू :
१. आर प्रेमदासा रङ्गशाला (कोलम्बो)
२. पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान (क्यान्डी)
३. सिन्हालिज स्पोर्ट्स क्लब (एसएससी), कोलम्बो
समूह चरणको पूर्ण खेल तालिका (संक्षेप)
फेब्रुअरी ७ (शनिबार)
• नेदरल्यान्ड्सविरुद्ध पाकिस्तान – एसएससी, कोलम्बो
• स्कटल्यान्डविरुद्ध वेस्ट इन्डिज – इडन गार्डेन्स, कोलकाता
• भारतविरुद्ध अमेरिका – वानखेडे, मुम्बई
फेब्रुअरी ८ (आइतबार)
• अफगानिस्तानविरुद्ध न्युजिल्यान्ड – चेन्नई
• इङ्गल्यान्डविरुद्ध नेपाल – वानखेडे, मुम्बई
• श्रीलंकाविरुद्ध आयरल्यान्ड – आर प्रेमदासा, कोलम्बो
फेब्रुअरी ९
• स्कटल्यान्डविरुद्ध इटाली – कोलकाता
• ओमानविरुद्ध जिम्बाब्वे – कोलम्बो
• क्यानडाविरुद्ध दक्षिण अफ्रिका – अहमदाबाद
फेब्रुअरी १०
• नामिबियाविरुद्ध नेदरल्यान्ड्स – दिल्ली
• न्युजिल्यान्डविरुद्ध यूएई – चेन्नई
• पाकिस्तानविरुद्ध अमेरिका – कोलम्बो
फेब्रुअरी ११
• अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिका – अहमदाबाद
• अस्ट्रेलियाविरुद्ध आयरल्यान्ड – कोलम्बो
• इङ्गल्यान्डविरुद्ध वेस्ट इन्डिज – मुम्बई
फेब्रुअरी १२
• श्रीलंकाविरुद्ध ओमान – क्यान्डी
• इटालीविरुद्ध नेपाल – मुम्बई
• भारतविरुद्ध नामिबिया – दिल्ली
फेब्रुअरी १३
• अस्ट्रेलियाविरुद्ध जिम्बाब्वे – कोलम्बो
• क्यानडाविरुद्ध यूएई – दिल्ली
• नेदरल्यान्ड्सविरुद्ध अमेरिका – चेन्नई
फेब्रुअरी १४
• आयरल्यान्डविरुद्ध ओमान – कोलम्बो
• स्कटल्यान्डविरुद्ध इङ्गल्यान्ड – कोलकाता
• न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिका – अहमदाबाद
फेब्रुअरी १५
• नेपालविरुद्ध वेस्ट इन्डिज – मुम्बई
• नामिबियाविरुद्ध अमेरिका – चेन्नई
• भारतविरुद्ध पाकिस्तान – कोलम्बो
फेब्रुअरी १६
• अफगानिस्तानविरुद्ध यूएई – दिल्ली
• इङ्गल्यान्डविरुद्ध इटाली – कोलकाता
• अस्ट्रेलियाविरुद्ध श्रीलंका – क्यान्डी
फेब्रुअरी १७
• क्यानडाविरुद्ध न्युजिल्यान्ड – चेन्नई
• आयरल्यान्डविरुद्ध जिम्बाब्वे – क्यान्डी
• स्कटल्यान्डविरुद्ध नेपाल – मुम्बई
फेब्रुअरी १८
• दक्षिण अफ्रिकाविरुद्ध यूएई – दिल्ली
• नामिबियाविरुद्ध पाकिस्तान – कोलम्बो
• भारतविरुद्ध नेदरल्यान्ड्स – अहमदाबाद
फेब्रुअरी १९
• इटालीविरुद्ध वेस्ट इन्डिज – कोलकाता
• श्रीलंकाविरुद्ध जिम्बाब्वे – कोलम्बो
• अफगानिस्तानविरुद्ध क्यानडा – चेन्नई
फेब्रुअरी २०
• अस्ट्रेलियाविरुद्ध ओमान – क्यान्डी
सुपर–८ चरण
फेब्रुअरी २१ देखि मार्च १ सम्म विभिन्न मैदानमा खेल हुनेछ। समूह चरणबाट छनोट भएका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ।
नकआउट चरण
• सेमिफाइनल : मार्च ४ र ५
• फाइनल : मार्च ८ (अहमदाबाद वा कोलम्बो)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि नीति तथा कार्यक्रममै सीमित रहे सीडीसी, एफडीए र प्राधिकरण
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण