निर्वाचनलक्षित कांग्रेसका तीन समितिले पूर्णता पाएनन्
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मुख्य तीन समितिका संयोजक तोकेको छ । निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी समितिको संयोजकमा सभापति गगन थापा, निर्वाचन परिचालन समितिको संयोजकमा उपसभापति विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै प्रचार–प्रसार समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे तोकिएका छन् ।
तर, निर्वाचन नजिकिइसक्दा पनि यी समितिले पूर्णता पाउन सकेका छैनन् । समितिलाई पूर्णता दिने अधिकार सभापति थापालाई छ । तर, उनी व्यस्त भएकाले समितिलाई पूर्णता दिन नसकेका हुन् ।
कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन केन्द्रित समितिहरूलाई पूर्णता दिने जिम्मेवारी सभापतिको भएको तर, सभापति व्यस्त भएकाले पूर्णता पाउन नसकेको जानकारी दिए । ‘निर्वाचन केन्द्रित घोषणापत्र मस्यौदा समिति, निर्वाचन परिचालन समिति र प्रचार प्रसार समितिले पूर्णता पाएका छैनन्,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘समितिलाई पूर्णता दिने अधिकार सभापतिको हो । उहाँ व्यस्त हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रबाट बल्ल काठमाडौँ आइपुग्नुभएको छ । अब छलफल गरेर टुंग्याउनुहोला ।’
निकटस्थ स्रोतका अनुसार समितिमा क–कसलाई राख्ने भन्नेमा सहमति बनिनसक्दा ती समितिहरूले पूर्णता नपाएका हुन् ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत चयन भएका थिए । तये विशेष महाधिवेशनलाई निर्वाचन आयोगले स्वीकार गरेको छ ।
तर, १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले स्वीकारेका छैनन् । यी समितिहरूमा उनीहरूलाई नराख्दा पार्टी एक रहेको नदेखिने र ती दुई समूहका शीर्ष तहका नेतालाई समितिमा राख्न सहमति बन्न नसकेकाले थापाले समितिलाई पूर्णता नदिएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण