नक्कली परीक्षार्थीको आरोपमा सुर्खेतबाट १२ जना पक्राउ
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जनालाई नक्कली परीक्षार्थीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
२०८२ माघ १७ गते सञ्चालन भएको परीक्षामा अर्काको नाममा आर्थिक लाभ लिएको, सक्कली परीक्षार्थीको नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर परिवर्तन गरी किर्ते कागजात प्रयोग गरेर परीक्षामा सहभागी भएको अवस्थामा उनीहरूलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि लिखत किर्ते तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जाजरकोट, दैलेख, सुर्खेत र बाँके जिल्लाका विभिन्न स्थानीय तहका १२ जना रहेका छन् । तीमध्ये केही नक्कली परीक्षार्थी, केही वास्तविक परीक्षार्थी तथा एक जना मतियार रहेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण