ललितपुरमा बृहत् इन्जिनियर्स भेला सम्पन्न
ललितपुर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) को आयोजनामा ललितपुरको कुपण्डोल ब्याङ्केटमा बृहत् इन्जिनियर्स भेला आइतबार सम्पन्न भएको छ।
भेलामा लोकतन्त्र, नीति निर्माण, विकास तथा राष्ट्र निर्माणमा इन्जिनियरहरूको भूमिका, इन्जिनियरिङ समुदायका पेशागत तथा नीतिगत सवाल, साथै निर्वाचनकालीन प्राविधिक सहयोग र स्वयंसेवाका विषयमा गहिरो र अर्थपूर्ण छलफल गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका पार्टी प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्यहरू मथुरा प्रसाद घिमिरे, धर्मराज गौतम र नारायण भट्टराई, साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार इ. मधु आचार्यले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
भेलामा इन्जिनियर्स नेपालका पूर्व अध्यक्षहरू हिरेन्द्रमान प्रधान, उमेश प्रसाद थानी, तथा निवर्तमान अध्यक्ष लक्ष्मण केसी, साथै इन्जिनियर्स नेपाल बागमती प्रदेश सभापति सुजन भट्टको उपस्थिति रहेको थियो।
त्यसैगरी नेपाल इन्जिनियर्स एसोसिएसनका निवर्तमान अध्यक्ष हरि बहादुर दर्लामी, उपाध्यक्ष प्रकाश केसी, बागमती प्रदेश सभापति बलराम पुडासैनी, मधेशी डेमोक्रेटिक इन्जिनियर्सका अध्यक्ष धर्म नारायण शाह लगायत विभिन्न पेशागत तथा लोकतान्त्रिक संस्थाका व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।
सोही अवसरमा इन्जिनियर्स नेपालका सदस्य आर्किटेक्ट रञ्जित कर्ण राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा संस्थाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
भेलामा इन्जिनियर्स नेपालका अध्यक्ष रवि भुषण झाले पार्टीको शुभेच्छुक संस्थाको हैसियतले इन्जिनियर तथा आर्किटेक्टहरूले आ–आफ्नो पेशागत क्षेत्रबाट अधिकतम योगदान दिँदै निर्वाचन प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले नेपाली कांग्रेस सरकारमा आएमा इन्जिनियर तथा आर्किटेक्टसँग सम्बन्धित पेशागत, नीतिगत तथा व्यावसायिक समस्याहरूको समाधानका लागि इन्जिनियर्स नेपालले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
भेलामा सहभागी वक्ता तथा अभियन्ताहरूले लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने सम्पूर्ण इन्जिनियर समुदायलाई राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा जोडिन आग्रह गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण