शरद ओझा प्राधिकरणमा फर्किन नपाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
सारांश
- सर्वोच्च अदालतले बीमा प्राधिकरणमा शरद ओझालाई फर्किन रोक लगायो।
- अदालतले ओझाको बर्खास्तीविरुद्धको मुद्दामा अन्तरकालीन आदेशलाई निरन्तरता नदिने निर्णय गर्यो।
- नयाँ अध्यक्ष नियुक्तिका लागि बाटो खुलेको छ, तर निर्वाचन आचारसंहिताका कारण तत्कालै प्रक्रिया अघि बढ्ने सम्भावना छैन।
काठमाडौँ । बीमा प्राधिकरणमा शरद ओझा फर्किन नपाउने भएका छन् । तत्कालीन सरकारले गरेको बर्खास्ती निर्णयविरुद्ध सर्वोच्च गएका ओझाको पक्षमा फैसला नभएसँगै उनी प्राधिकरणमा फर्किन नपाउने भएका हुन् ।
आइतबार न्यायधीशहरु नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अन्तरकालीन आदेश निरन्तर नहुने फैसला गरेसँगै उनको प्राधिकरण फर्किने बाटो बन्द भएको हो । यसअघि भदौ २३ गते उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरकालीन आदेश दिएको थियो ।
सर्वोच्चले सरकारले बीमा ऐन बमोजिमको छानबिन समिति गठन गरेको देखिएको र सो समितिले निवेदकलाई सुनुवाइको मौका समेत प्रदान गरेको अवस्थामा बर्खास्तीको निर्णय रितपूर्वक भएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
योसँगै अब प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिको बाटो खुला भएको छ । यद्यपि निर्वाचन आचारसंहिता सुरु भएकोले तत्कालै नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्न सक्ने अवस्था भने देखिँदैन ।
सरकारले केही दिन अघि मात्रै प्राधिकरणको अध्यक्षको जिम्मा अर्को सूचना जारी नभएसम्मका लागि सङ्घीय मामिला मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी तोकेर पठाएको छ ।
यसअघि अन्तरकालीन अन्तरिम आदेश पाएपछि ओझा प्राधिकरणमा हाजिर हुन गएका थिए । तर अर्थ मन्त्रालयको आदेशपछि उनलाई प्राधिकरणमा फेरि फर्किन पाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण