कारको ढोकामा गुप्त ह्यान्डलमा चीनले लगायो प्रतिबन्ध
बेइजिङ । चीनले सुरक्षा जोखिम देखाउँदै इलेक्ट्रिक गाडी (ईभी) का ढोकामा बाहिरबाट नदेखिने गुप्त ह्यान्डल राख्न प्रतिबन्ध लगाएको छ । टेस्लाले लोकप्रिय बनाएको यो डिजाइनमाथि प्रतिबन्ध लगाउने चीन पहिलो देश बनेको हो ।
उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब चीनमा बिक्री हुने सबै नयाँ कारमा हरेक यात्रु ढोकामा बाहिरबाट चलाउन मिल्ने स्पष्ट मेकानिकल ह्यान्डल अनिवार्य हुनेछ । नयाँ नियम सन् २०२७ जनवरी १ देखि लागू हुनेछ ।
नयाँ मापदण्डअनुसार ढोकाको बाहिरी भागमा कम्तीमा ६ सेमी × २ सेमी × २ दशमलव ५ सेमी आकारको स्पष्ट खाली ठाउँ हुनुपर्नेछ, जसबाट आपतकालीन अवस्थामा हात हालेर ढोका खोल्न सकियोस् । साथै, भित्रपट्टि ढोका कसरी खोल्ने भन्ने देखाउने कम्तीमा १ सेमी × ० दशमलव ७ सेमीको स्पष्ट संकेत पनि राख्नुपर्नेछ ।
हाल बजारमा स्वीकृत भइसकेका मोडेललाई डिजाइन परिमार्जनका लागि थप दुई वर्षको समय दिइनेछ । चीनको ‘न्यु इनर्जी भेहिकल’ बजारमा करिब ६० प्रतिशत लोकप्रिय मोडेलमा यस्ता गोप्य ह्यान्डल प्रयोग हुँदै आएका छन् । तर हालै शाओमी ईभीका दुई घातक दुर्घटनामा विद्युत् प्रणाली बिग्रिँदा ढोका नखुलेको आशंका भएपछि नियामकहरू झस्किएका हुन् ।
अमेरिकामा पनि टेस्लाका कारका ढोकामा रहेका गोप्य ह्यान्डलमाथि अनुसन्धान भइरहेको छ । चार घटनामा यात्रुहरूले झ्याल फुटाएर बाहिर निस्कनुपरेको बताइएको छ । चीन विश्वकै सबैभन्दा ठूलो अटो बजार भएकाले यो निर्णयले विश्वव्यापी कार डिजाइन र सुरक्षा मापदण्डमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण