चोरीको मोटरसाइकलसहित भक्तपुरबाट एक जना पक्राउ
मङ्गलबार, २० माघ २०८२, १२ : ०३
काठमाडौँ । प्रहरीले भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यबिनायक बस्ने २६ वर्षीय समीर त्वाटी छन् ।
माघ १९ मा बागमती प्रदेश–०२–०३३ प १२८७ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । आरोपीले बागमती प्रदेश–०२–०२९ प २५ २५९९ नम्बरको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरेको अनुसन्धानबाट थाहा भएको छ । सो मोटरसाइकल काठमाडौँको धुम्बाराहीबाट हराएको थियो ।
आरोपीलाई कानुनी कारबाही गर्न प्रहरी वृत्त महाराजगन्जमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण