इजरायली वृत्तचित्र ‘गिमपेल द फुल रिटर्न्स टु पोल्याण्ड’लाई प्रथम पुरस्कार
काठमाडौँ । काठमाडौँमा सम्पन्न सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल २०२६ मा इजरायली वृत्तचित्र ‘गिमपेल द फुल रिटर्न्स टु पोल्याण्ड’ले प्रथम पुरस्कार जितेको छ। नोबेल पुरस्कार विजेता लेखक आइज्याक बासेभिस सिंगरको कथामा आधारित यस वृत्तचित्रले उत्कृष्ट सिनेमाटोग्राफी, शक्तिशाली कथावाचन र कलात्मक पक्षका लागि अन्तर्राष्ट्रिय विधामा शीर्ष स्थान हासिल गरेको हो।
इजरायलको ‘नेफेश’ थिएटरका संस्थापक तथा प्रसिद्ध अभिनेता एवं निर्देशक हावर्ड राइप यसै वृत्तचित्रको प्रदर्शनीका लागि नेपाल आएका थिए। वृत्तचित्रले नोबेल विजेता सिंगरको जीवन र साहित्यिक विरासतका साथै ऐतिहासिक सन्दर्भहरूलाई रोचक ढंगले प्रस्तुत गरेको छ। महोत्सवका क्रममा यस चलचित्रले दर्शक र चलचित्रकर्मीहरूमाझ गहिरो चासो र छलफल पैदा गराएको थियो।
इजरायली दूतावासको समन्वयमा हिजो काठमाडौँका दिव्यभूमि मल्टिपल कलेज र इम्पिरियल वर्ल्ड स्कूलमा समेत यस वृत्तचित्रको विशेष प्रदर्शनी गरिएको थियो। सो अवसरमा निर्देशक राइपले विद्यार्थी र प्राध्यापकहरूसँग अन्तरक्रिया गर्दै चलचित्रको निर्माण प्रक्रिया, यसका अन्तर्निहित विषयवस्तु र 'होलोकास्ट' (यहुदी नरसंहार) को पृष्ठभूमिबारे आफ्ना अनुभवहरू बाँडेका थिए।
यस्ता सांस्कृतिक कार्यक्रमले नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास दूतावासले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण