कांग्रेसमा ३० दिने विशेष रणनीति लागू
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी विशेष रणनीति लागु गरेको छ।
- निर्वाचन परिचालन निर्देशिका अनुसार नेताहरू आफ्नो जिम्मेवारी क्षेत्रमा खटिनुपर्ने व्यवस्था गरिएको छ।
- जिल्ला सभापतिबाहेकका नेताहरू अब आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर जान नपाउने व्यवस्था गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक ‘विशेष रणनीति’ लागू गरेको छ ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचाल समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ बनाएको छ । त्यो निर्देशिकामा ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने वाक्यांश राखिएको छ । जिल्ला सभापतिबाहेकका नेताहरू अब आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर जान नपाउने निर्देशिकामा उल्लेख छ ।
मंगलबारदेखि एक महिना बाँकी रहेकाले त्यसै विशेष रणनीति अनुरूप अब नेताहरू आफ्नो जिम्मेवारी जहाँ छ, त्यही मात्र खटिन पाउने सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन् । ‘निर्वाचन परिचालन निर्देशिका अनुसार अब नेताहरू जसको जिम्मेवारी जहाँ छ, त्यही खटिनुपर्छ,’ सहमहामन्त्री डा. संग्रौलाले रातोपाटीसँग भनिन्, ‘आफ्नो क्षेत्रमा पार्टीको अवस्था सुदृढ बनाउन नेताहरू खटिन्छन् भनेर त्यो व्यवस्था लागू गरिएको हो ।’
निर्देशिका अनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् ।
केन्द्रीय कार्यालयमा यसअघि निर्वाचन परिचालन समितिले चलाएका प्रदेश स्तरीय विशेष आन्तरिक छलफलमा उपसभापति शर्माले ‘विशेष रणनीति’ बारे जानकारी गराएका थिए ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आफ्नो वडामा काम गर, अरूको क्षेत्रमा नजाऊँ भन्नका लागि यो रणनीति बनाइएको जानकारी दिए । ‘आफ्नो क्षेत्रमा काम गर, अरूको क्षेत्रमा गएर हल्ला गर्ने काम मात्रै नगर भनेर यो नीति बनाइएको हो,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘निर्वाचन परिचालन समितिको निर्देशिका हो । त्यो साथीहरूले कार्यान्वयन गर्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण