फ्यूल कन्ट्रोल स्वीचमा समस्या देखिएपछि एयर इन्डियाको बोइङ जेट ग्राउन्डेड
काठमाडौँ । भारतीय हवाई सेवा प्रदायक कम्पनी एयर इन्डियाले बोइङ ७८७–८ ड्रिमलाइनर जहाजलाई ग्राउन्डेड गरेको छ ।
पाइलटले विमानको इन्धन नियन्त्रण स्विचमा सम्भावित खराबीको सङ्केत गरेपछि विमानलाई ग्राउन्डेड गरिएको हो ।
पाइलटको चिन्तामाथि प्राथमिकताका साथ जाँच भइरहेको कम्पनीले एउटा विज्ञप्तिमा भारतको नागरिक उड्डयन नियामकलाई सूचित गर्दै जानकारी दिएको छ ।
बोइङका प्रवक्ता एयर इन्डियासँग समन्वयमा रहेको र यस मामिलाको समीक्षा गर्न सहयोग गरिरहेको बताए ।
यो कदम गत वर्षको जेठमा भएको उही मोडेलको जहाज दुर्घटनासँग सम्बन्धित अनुसन्धानको बीचमा आएको हो । बोइङको ७८७–८ ड्रिमलाइनर फ्यूल स्विच समस्याका कारण विमान दुर्घटना हुँदा गएको वर्ष २६० जनाको मृत्यु भएको थियो ।
एयर इन्डियाले जहाजमा देखिएको खराबीसम्बन्धी विस्तृत जानकारी वा उडान विवरण खुलाएको छैन । तर रिपोर्टअनुसार लन्डनबाट बेंगलुरु आएको जहाजमा पाइलटले समस्या देखाएका थिए ।
गत वर्षको दुर्घटनाको प्रारम्भिक प्रतिवेदन अनुसार इन्धन स्विच ‘रन’ बाट ‘कट अफ’ स्थितिमा गएपछि इञ्जिन बन्द भएको थियो । तर यसो कसरी भयो भन्ने स्पष्ट भएको छैन ।
अमेरिकी नियामकले त्यसपछिका बोइङ जहाजका इन्धन स्विच सुरक्षित रहेको बताएका थिए । भारतको नागरिक उड्डयन नियामक डीजीसीएले पनि बोइङ ७८७ र ७३७ जहाजका ककपिट स्विचको जाँच आदेश दिएको थियो ।
आफ्नो सबै ७८७ जहाजमा जाँच गर्दा कुनै समस्या नदेखिएको र स्विचको लकिङ मेकानिजममा कुनै दोष नभएको एयर इन्डियाले दोहोर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण