‘नयाँ वा पुराना दलभन्दा पनि स्पष्ट एजेन्डामा आधारित प्रतिस्पर्धा हुनुपर्छ’
काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन पुराना वा नयाँ दलभन्दा पनि एजेन्डामा आधारित प्रतिस्पर्धा हुनुपर्ने बताएकी छन् ।
नेपाल कानुन समाजद्वारा मंगलबार आयोजित ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनको वातावरण र निर्वाचनपछिको राजनीतिक परिदृश्य’ विषयक कार्यक्रममा उनले पुराना दलहरू लोकतन्त्र, नागरिक अधिकार र मुलुकको स्वाधीनताका लागि स्थापना भएको स्मरण गराउँदै नयाँ पुरानो दलको बहसभन्दा एजेन्डाको बहस महत्त्वपूर्ण भएको बताइन् ।
“एजेन्डा पुरानो वा नयाँ भन्ने हुँदैन । अहिलेको निर्वाचनमा पनि पार्टीको उमेर वा नाममा होइन, घोषणापत्र र कार्ययोजनामा आधारित हुनेछ र हुनुपर्छ”, उपसभापति भुसालले भनिन्, “पार्टीको क्याडरले मात्र होइन, आम मतदाताले एजेन्डा हेरेर भोट दिन्छन् । कुन पार्टीले पाँच वर्षभित्र आफ्नो प्रतिबद्धता पूरा गर्नसक्छ भन्ने कुरा नै निर्णायक हुन्छ ।”
कार्यक्रममा पूर्वमुख्यसचिव, पूर्व कानुन सचिव तथा पूर्व उच्च अधिकारीहरूले निर्वाचन सुरक्षामा देखिएका चुनौती, मिथ्या सूचना, दुष्प्रचार, व्यक्तिकेन्द्रित चुनावी प्रचार र कानुन उल्लङ्घनमा दण्डहीनतालगायत विषयमा सचेत गराइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण