बाँकेमा एकदर्जन बढी निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना
नेपालगन्ज । बाँकेमा एकदर्जन बढी उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । उम्मेदवार कसैले कुनै बस्तु दिने क्रममा, लगाउन लगाएको, प्रचारप्रसारमा प्रयोग, प्रतिबन्ध लगाइएको स्थानमा सभा तथा भेलालगायतका कार्य गरेर बाँकेमा एकदर्जन बढी निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको हो ।
जिल्लामा करिब १५ वटा निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको घटना जानकारीमा आएको निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न बनेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले जानकारी दिए । ‘बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारले आचारसंहिता उल्लङ्घनको घटना जानकारीमा आएको छ,’ अधिकृत खत्रीले भने, ‘यसरी निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना जानकारीमा आउनेवित्तिकै आफूहरूले अनुगमनलगायतका कार्य गरेका छौँ ।,’
खत्रीका अनुसार जिल्लाको क्षेत्र नम्बर ३ मा विद्यालयमा पार्टीको भेला तथा कार्यक्रम गरिएको, त्यस्तो कार्यक्रममा लगायत भेटघाटमा वडाअध्यक्ष तथा पालिका अध्यक्षले उम्मेदवारको पक्षमा भाषण गरेको र गैरसरकारी संस्थामा आवद्ध पद्दाधिकारीले आफ्नो सामाजिक संजालमा पार्टीको प्रचारप्रसार गरेको, क्षेत्र नम्बर २ मा उम्मेदवारको प्रचारमा ब्याजको प्रयोग, गम्छामा चुनाव चिन्हको प्रयोग, मतदाताको आग्रहमा उम्मेदवारले तत्काल बाटोमा ग्राभेल खसाएको पाइएको छ भने क्षेत्र नम्बर १ मा मतदातालाई लकेट वितरण गरिएको छ । यस्तै गाडीमा झन्डाको प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन गरिएको हो ।
यस्ता कार्य गर्दै आचारसंहिता उल्लङ्घन गरेका उम्मेदवारलाई मौखिक स्पष्टीकरण सोधिएको अनुगमन अधिकृत खत्रीले बताए । उनीहरुसंग स्पष्टीकरणसँगै तत्काल यस्तो कार्य नगर्न निर्देशन दिइएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को मिति नजिकिँदै छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ भने सोको कडाइका साथ पालना गर्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकेको छ भने निर्वाचन लक्षित तोकिएको अनुगमन अधिकृतले निर्वाचन आचारसंहिता पालना गराउन जिल्लामा कडाइका साथ निगरानी थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण