काठमाडौँमा चोरीको मोटरसाइकल र स्कुटरसहित दुई युवक पक्राउ
सारांश
- काठमाडौँ प्रहरीले चोरीको स्कुटर र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।
- प्रहरीले बूढानीलकण्ठ र मित्रनगरबाट दुई युवकलाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँ प्रहरीले चोरीको स्कुटर र मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतका प्रहरी टोलीले सोमबार अलग–अलग स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले सोमबार बिहान ३ बजेतिर चेकजाँचका क्रममा चोरीको भेस्पा स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१३ स्थित संयुक्त बसपार्कमा बागमती प्रदेश ०२–०२३ प ५८८० नम्बरको स्कुटरसहित बाजुराको गौमुल गाउँपालिका–१ घर भई हाल नयाँ बसपार्क बस्ने २० वर्षीय हेमराज बोहरा पक्राउ परेका हुन् ।
त्यस्तै, सोमबार राति नै मित्रनगर क्षेत्रबाट चोरीको मोटरसाइकलसहित अर्का एक युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ मित्रनगर सडक किनारामा पार्किङ गरिराखेको बा ९४ प २३२९ नम्बरको मोटरसाइकल हराएको उजुरी परेको थियो । सोही आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले खोजतलास गर्दा जाजरकोटको शिवालय गाउँपालिका–६ घर भई मित्रनगर बस्ने २० वर्षीय सुरेन्द्र खत्रीलाई पक्राउ गरेको हो ।
खत्रीले आफू बस्ने होटलको पार्किङमा चोरीको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले सोही स्थानबाट एउटै नम्बर प्लेट हालेको अर्को मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल कुमार बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण