अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र
सारांश
- बाँके जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीनवटा मतदान केन्द्र तोकेको छ।
- निर्वाचन क्षेत्र नं १ को नौवस्ता कारागार, क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलीला मैदानमा केन्द्र तोकिएको छ।
- अस्थायी मतदाताले समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउनेछन्।
बाँके। जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीनवटा मतदान केन्द्र कायम गरेको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ को नौवस्ता कारागार, क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलीला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।
सङ्घ तथा प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलगायत अस्थायी मतदाता नामावलीमा समावेश छन् ।
बाँकेमा दुई हजार ३३८ जना अस्थायी मतदाताका छन् । अस्थायी मतदाताले समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउँने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा मङ्गलबार भएको बैठकले निर्वाचनका लागि दुई हजार ४१५ कर्मचारी सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण