कमलामाई नगरपालिकाका मेयरको घरमा अख्तियारको छापा
बुधबार, २१ माघ २०८२, ११ : ३३
सारांश
- अख्तियारले सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा छापा मारेको छ।
- पुरानो सभाहल भत्काउँदा निस्किएको काठ हिनामिना गरेको उजुरीपछि अख्तियारले छानबिन थालेको हो।
- अख्तियारको टोलीले मेयर पोखरेलसँग सोधपुछ गरेको छ, तर घरमा काठ फेला पारेको छैन।
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारले छापा मारेको छ । अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोमबार छापा मारेको हो । अख्तियारको टोलीले उनीसँग सोधपुछ पनि गरेको छ ।
सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिना गरेको उजुरी परेपछि आयोगले त्यसबारे छानबिन गरिरहेको छ । सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिना भएको बारेमा अख्तियारको टोलीले उनीसँग घरमा गएर सोधपुछ पनि गरेको हो ।
उनको घरमा छापा मार्दा काठ नभेटिएको अख्तियारका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘उहाँको घरमा काठ भेटिएन, हामी अनुसन्धान गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण