‘परान’ प्रदर्शनको १०० दिन पूरा
काठमाडौँ । फिल्म ‘परान’ले प्रदर्शनको १०० दिन पूरा गर्न सफल भएको छ । आज (बुधबार)बाट फिल्मले प्रदर्शनको १०० दिन पुरा गरेको कलाकार केकी अधिकारीले बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मले १०० दिन मनाएकोमा सबै प्रति आभार समेत व्यक्त गरेकी छन् ।
गत कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका हुन् । आचार्यको यो निर्देशनमा डेब्यु फिल्म हो । बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकाङ्क्षाहरूलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई कथानको रुपमा उठाएको छ ।
फिल्म देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ले निर्माण गरेको हो । फिल्ममा अभिनेता शाहको अलवा अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय छ ।
फिल्मले गत शनिबारसम्म १७ करोड बढीको व्यवसाय गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपा बक्सअफिसमा फिल्मले १७ करोड ८४ लाख ४७ हजार ५७६ ग्रस कलेक्सन गरेको उल्लेख छ । यो अवधिमा फिल्मको टिकट ६ लाख ३३ हजार ५४ वटा बिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
-
गर्मीयाममा नाकबाट रगत किन बग्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण