जुम्लामा दुई वटा अस्थायी मतदान केन्द्र राख्न सिफारिस
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्र राख्न निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा सिफारिस गरी जिल्लाबाट पठाएको छ ।
सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाको मैदान र जिल्लास्थित कारागारमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।
निजामती कर्मचारी र नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मैदानमा अस्थायी मतदान केन्द्र कायम सिफारिस गरिएको छ । कारागारमा रहेका थुनुवा वा कैदीलाई कारागारको कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको हो ।
अस्थायी मतदाता नामावलीमा समावेश भएकाले समानुपातिकतर्फको निर्वाचनमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ । आगामी फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन गर्न अन्तिम समयसीमा आयोगले तोकेको छ ।
हालसम्म ८९१ जनाले अस्थायी मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण